६४ भूकम्प पीडित पुनःनिर्माण लाभग्राहीको सूचीमा

तामसालिङ खबर
१६ मंसिर २०७६, सोमबार ०९:१४

मंसिर १६, काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको निर्णय बदर गरी ६४ जना भूकम्प पीडित पुनःनिर्माण लाभग्राही सूचीमा सूचिकृत भएका छन् । पुनरावेदन समितिले प्राधिकरणको निर्णय बदर गरी ६४ भूकम्प पीडितलाई लाभग्राही कायम गरेको हो ।

समितिले १ हजार ५ सय २० मुद्दाको फैसला गरेको सदस्य अधिवक्ता भीष्मराज कडरियाले बताए । उनका अनुसार ३ सय ८९ जनालाई गैर लाभग्राही, ३ सय ७२ मुद्दा खारेज, ६४ लाभग्राही र १९ मुद्दालाई तामेलीमा राखिएको छ । समितिमा दर्ताका लागि ६ हजार ४५ को आवेदन सङ्कलन भएको छ । जाँचबुझ गरी ४ हजार ७ सय ८५ निवेदन दर्ता भएका थिए ।

२ हजार ९ सय २५ मुद्दाको प्रमाण बुझ्न आदेश भएको थियो । २ सय ११ मुद्दाको प्रत्यार्थी झिकाउनुपर्ने र १ सय २७ मुद्दामा अन्य आदेश दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*