निगमको बोइङ खरिद गर्न अमेरिकी तिन कम्पनीको चासो
मंसिर , काठमाडौं – सात महिना देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाल वायुसेवा निगमको बोइङ ७५७ (गण्डकी) खरिदका लागि तीनवटा अमेरिकी कम्पनीले चासो देखाएका छन् ।
अमेरिकाको एभियोन, एमके एभिएसन र सीएसडीएस कम्पनीले निगमसँग भएको दोस्रो बोइङ ’गण्डकी’ खरिद गर्न चासो देखाएको निमगले जनाएको छ ।
निगमले प्रक्रिया पुरा भए तीन साता भित्र बोइङ बिक्री गर्ने बताइएको छ । निगमले १८ दिन अघि दर्खास्त आह्वान गरेको थियो । नाइन–एनएसीबी कल साइनको उक्त जहाजको सिरियल नम्बर २३८६३ छ भने मोडल बी ७५७–२एफ ८ सीबी छ । सन् १९८८ मा उत्पादित यो जहाजले ८९ हजार ४ सय ६२ घण्टा उडान गरिसकेको छ ।