भीमफेदी कारागारमा उत्पादित मुढा चीनमा

तामसालिङ खबर
१५ मंसिर २०७६, आईतवार ०७:५८

मंसिर, हेटौडा (भीमफेदी) – भीमफेदी कारागारका बन्दीहरूले तयार पारेका बाँसको मुढा चीन निर्यात हुने गरेको छ । तर, नियमित निर्यात हुन नसक्दा कारागारमै मुढा थन्किएका छन् । ‘कारागारमा एक महिनामा एक ट्रक अर्थात् दुई हजार थान मुढा उत्पादन हुन्छ,’ जेलर प्रकाश खनालले भने, ‘३/४ महिनापछि बल्ल एक ट्रिप चीन तर्फ निर्यात हुने गरेको छ ।’

सय जना कैदी बन्दी मुढा उत्पादन गर्ने काममा व्यस्त रहने गरेका छन् । जेलमा पुस्तकालयको उद्घाटन गर्न केही दिनअघि कारागार पुगेका प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल समक्ष जेलर खनालले मुढा नियमित रूपमा चीन निर्यात हुने वातावारण मिलाइदिन अनुरोध गरे ।

जेलभित्र मुढा र गलैँचा उद्योग रहेका छन् । ती उद्योग दर्ता गर्न सकेमा मुढा र गलैंचा उद्योगमा काम गर्ने कामदार कैदीहरूको वर्षमा ६० दिन कैद मिनाहा पाउने व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*