काभ्रेमा मोतिविन्दु पीडितलाई आर्थिक सहयोग

तामसालिङ खबर
१५ मंसिर २०७६, आईतवार ०७:४७

मंसिर १४, काभ्रे – आहाना नेपाल फाउण्डेशनले मोतिविन्दु पीडितलाई आर्थिक सहयोग गरेको छ । फाउण्डेशनको तर्फबाट समाजसेवी अविरल जिम्बाले काभ्रे जिल्ला महाभारत गाउँपालिका–७ स्थित बन्खु निवासी ७६ वर्षिया मोतिविन्दु पीडित लालकुमार लो तामाङलाई आँखाको शल्यक्रियाको लागि आर्थिक सहयोग गरिएको हो ।

समाजसेवी जिम्बाको विशेष पहल तथा भिम तामाङ, टेक बहादुर तामाङ, चन्द्रकला राई, कमला तामाङ र कृष्ण तामाङको सक्रियातामा फाउन्डेशनले मोतिविन्दु पीडित तामाङलाई आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी जिम्बाले दुवै आँखाको शल्यक्रियाको लागि आर्थिक समस्याका कारण शल्यक्रिया हुन नसकेको थाहा पाएपछि पीडित तामाङलाई आर्थिक रुपमा सहयोग गरेको बताउनुभयो ।

‘आर्थिकको कारण शल्यक्रियामा ढिलाई भएको खबर पाएपछि मैले केही सहयोगको लागि पहल गर्ने बचन दिएको थिए, त्यही बचन अनुसार आँखाको शल्याक्रियाको लागि हामीले सहयोग गरेका हौँ ।’ जिम्बाले भने ‘हामीले आगामी दिनमा पनि मोतिविन्दु भन्दा जटिल एंव प्राणघातक रोग लागेको तर आर्थिक अभावको कारण उपचार गर्न नसकेको जुनसुकै पीडितलाई पनि सहयोग गर्ने हाम्रो अभियान रहेको छ ।’

अस्पातलले मंसिर १३ गते शुक्रबार शल्यक्रियाको लागि समय तोकिएको पीडित लालकुमारले बताए । मोतिविन्दु पीडित लालकुमारले भने, ‘अहिले फाउण्डेशनले उपचारको लागि सहयोग गरेको छ, फाउण्डेशनप्रतिको यो सहयोग म कहिल्यै विर्सने छैन, यसको लागि पहल गरिदिनु हुने समाजसेवी अविरल जिम्बालाई धन्यवाद दिन चाहन्छु ।’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*