पाचौं संस्करणको मिस तामाङ पोखराको तयारी शुरु, माघ ४ गते फाइनल हुने
मंसिर ७, पोखरा – बैदाम तामाङ समाजले गण्डकी प्रदेशको राजधानी पोखरामा हरेक बर्ष आयोजना गर्दै आएको मिस तामाङ पोखराको पाँचौ संस्करण शुरु भएको छ । तामाङ समुदायको महान पर्ब २८५६ सोनाम ल्होछारको अवसरमा आयोजना गरिने प्रतियोगिता यस बर्षको तयारी शुरु भएको हो ।
गुम्बा निर्माणमा सहयोगार्थ हरेक बर्ष संचालित प्रतियोगितामा मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि निरन्तरता दिएको समाजका अध्यक्ष ज्याक तामाङ्ले बताउनु भयो । मंसिर १५ गते सम्म तोकिएको समयावधिमा देशभरबाट तामाङ समुदायका युवतीहरु सहभागी हुदैछ ।
यही मंसिर १५ गते देखि शुरु हुने ४५ दिन लामो व्यक्तित्व विकास, भाषा तथा संस्कारका विषयमा तालिम प्रदान गरिने प्रतियोगिताको संयोजक तथा मिस तामाङ २०१८ का विजेता कविता योञ्जनले बताउनु भयो । प्रतियोगिताको ग्राण्ड फाईनलमा क्याप्टेन तथा अभिनेता बिजय लामा सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक जनाएको छ ।
फाइनलमा सातौ ल्होछार म्युजिकल फेस्टिबलको बिबिध सास्कृतिक कार्यक्रम गर्दै आगामी माघ ४ गते शनिवार पोखरा सभागृहमा हुने फाइनलमा विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको फस्टरनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एक जनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्ने संयोजक योञ्जनले बताए ।
सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामाले ताज पहिरिएका थिए भने दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिएका थिए ।