नेपाल कुवेतसँग १–० अन्तरले पराजित

तामसालिङ खबर
३ मंसिर २०७६, मंगलवार १७:४४

मंसिर ३, काठमाडौं – विश्वकप र एसियन कप छनौट अन्तर्गत कुवेतसँगको दोस्रो खेलमा नेपालले हारका बाबजुद सुधारिएको प्रदर्शन गरेको छ ।

भुटानको थिम्पुमा मंगलबार नेपाल १–० गोल अन्तरले पराजित भएको हो । कुवेतको घरेलु मैदानमा भने यही टीमसँग नेपाल ७-० गोलको विशाल अन्तरले पराजित भएको थियो । रंगशाला तयार नभएपछि नेपालमा हुनुपर्ने खेल भुटानमा भएको हो ।

बदर अल मतवाले २८ औं मिनेटमा कुवेतका लागि निर्णायक गोल गरे । खेलको चालिसौं मिनेटमा रोहित चन्दको प्रहारलाई कुवेतका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालको प्रदर्शनमा सुधार आएको थियो । समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालको पाँच खेलबाट जम्मा तीन अंक छ । त्यति नै खेल खेलेको कुवेत १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*