पहिलो सस्करणको मिस तामाङ मकवानपुर आजबाट शुरु
मंसिर ५, हेटौडा – तामाङ समुदायको बाहुल्यता रहेको जिल्ला मकवानपुरमा पहिलो पटक मिस तामाङ मकवानपुर हुदै छ । मिस तामाङ मकवानपुरको पहिलो संस्करण आजैबाट २५ दिन सम्म प्रशिक्षण सहित हेटौडामा शुरु हुने भएको हो ।
लुक्स फेसन होम इभेन्ट म्यानेजमेन्टको आयोजना तथा माया घलानको संयोजकत्वमा हुने सहभागी प्रतियोगीहरुलाई आजबाट विभिन्न विषयमा तालिम प्रदान गरिदै छ । तामाङ छोरी/चेलीहरुको प्रतिभा तथा क्षमतालाई उजागार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक घलानले बताउनु भयो ।
प्रतियोगिताको अवधि भर सहभागीहरुलाई तामाङ संस्कार, संस्कृतिको बारेमा जानकारी गराउने र बुझ्न सक्षम बनाउने संयोजक घलानले बताउनु भयो ।
प्रतियोगिता आगामी मंसिर २८ गते ग्राण्ड फाइनल हुने प्रतियोगितामा विजेताले ४० हजार, फस्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजार सहित विभिन्न गिफ्ट ह्याम्पर लगायत थुप्रै पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले स्वत काठमण्डौँमा हुने मिस तामाङमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।