हेटौडामा बिद्युत महशुल नतिर्ने २० उद्योगको लाईन काटियो

तामसालिङ खबर
३० कार्तिक २०७६, शनिबार ०९:१९

कार्तिक ३०, हेटौडा – प्रदेश न. ३ को अस्थायी राजधानी हेटौडामा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २० वटा उद्योगको विद्युत लाइन काटी कारवाही प्रक्रिया बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले पटक-पटक ताकेता गर्दा समेत महसुल नबुझाएपछि विद्युत लाइन काटेर कारवाही गरिएको हो ।

ति उद्योगमा एक लाख देखि रु दुई लाख सम्म बक्यौता रकम कूल २२ लाख राजश्व लिनुपर्ने वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले बताउनु भयो । बक्यौता रकम नतिर्ने औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई कालोसूचीमा राखी महसुल असुल गरिएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट उद्योग माथि विगत चार वर्षदेखि बक्यौता रहेको एक अर्ब २९ करोड विद्युत् महसुल तिर्न बाँकी रहेकोले छिटो भन्दा छिटो बक्यौता महसुल बुझाउन पत्र पनि उद्योगमा पठाएको छ ।

डेडिकेटेड विद्युत लाइन लिएबापत सो उद्योगलाई उक्त रकम तिर्नुपरेको केन्द्रको कार्यालय प्रमुख ठाकुरको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*