चर्चित गायिका लता मंगशेकरको मृत्युको हल्ला मात्र
काठमाडौं – चर्चित भारतीय गायिका लता मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बिहीबार उनको मृत्युको हल्ला चले पछि उनको परिवारले त्यसको खण्डन गर्दै लताको स्वास्थ्यमा सुधार भैरहेको जानकारी दिएको हो ।
उनको परिवारले एक प्रेस विज्ञप्ति जारी गर्दै लता दिदी स्वस्थ भएको र उनको स्वास्थ्यमा राम्रो सुधार आएको जनाएको छ ।विज्ञप्तिमा भनिएको छ, ‘लता दिदी स्वस्थ्य हुनुहुन्छ । उहाँको स्वास्थ्यमा राम्रो सुधार भएको छ ।
हामीले उहाँलाई घर ल्याएका छौं । उहाँप्रति सहानुभूति र स्वास्थयलाभ गर्नेहरु सबैलाई धन्यवाद छ ।’ ९० वर्षीया लतालाई छातिको संक्रमण भएपछि आइतबार राती मुम्बईको ब्रिज केन्डी अस्पतालमा भर्ना गरिएको थियो ।