एभरेष्ट ट्रेल रेसमा १२ मुलुकको ४२ विदेशी धावक सहभागी
कार्तिक २४, काठमाडौं – यही सोमबार देखि शुरु हुने ९ औ सस्करंको एभरेष्ट ट्रेल रेसमा यस पटक १२ मुलुकका ४२ जना विदेशी र तीनजना स्वदेशी धावक सहभागी हुने भएको छ ।
अन्नपूर्ण ट्रेक्स एन्ड एक्पिसडिसन र स्पेनको ग्रन्स स्पाइस कम्पनीले संयुक्त रुपमा साहसिक पर्यटन विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट ट्रेल रेस आयोजना गर्दै आएको हो । कूल १ सय ७२ किलोमिटर लामो यो दौडमा पर्यटन वर्ष २०११ देखि शुरु भएको हो ।
भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना हुने नवौं संस्करणको रेस १८ नोभेम्बरमा सम्पन्न हुने छ । अन्नपूर्ण ट्रेक्स एण्ड एक्पिसडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले रेसमा नेपाल, स्पेन, अर्जेन्टिना, फ्रान्स, दक्षिण अफ्रिका, मेक्सिको, बेल्जियम, इंल्याण्ड, ब्राजिल, अल्जेरिया, नर्वे, भियतनाम लगायत मुलुकका धावक सहभागी हुने बताउनु भयो ।
यस वर्षको नयाँ रुट सोलुखुम्बु जिल्लाको धापपत्ताले हुँदै च्याङ्स्यार, खोर्या, दिम्स्यास, पिके डाँडाको (च्यावीपिके र गोले पिके), लाम्जुरा, जुन्बेसी, फुङमोचे, तोङगीनाशा, टाक्सीन्दु, यावागोन्पा, जुबिङ फेदी, खरीखोला, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै प्रतिस्पर्धाको समापन बिन्दु लुक्ला तोकिएको छ ।