इन्द्रसरोरको फाखेलमा कात्तिके नाच हुने
कार्तिक २२, हेटौडा (इन्द्रसरोबर) – नेपालको सबैभन्दा पुरानो, लामो र उत्तम पौराणिक नाच कात्तिके नाच फाखेलमा हुने भएको छ । मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोर गाउँपालिका -५ फाखेल खड्बु नेवार गाउँमा कात्तिके नाच हुने भएको हो ।
यही कार्तिक २६ गते देखि सुरु हुने नाच ४ दिन सम्म सञ्चालन हुने महाचुनी महालक्ष्मी नाटेश्वरी गुठीले जनाएको छ । रातमा सञ्चालन हुन कात्तिके नाच महाभारतको विराटपर्वको कथामा आधारित ३/३ वर्षमा सञ्चालन हुने गर्दछ । पौराणिक महत्व बोकेको यस नाच कात्तिक महिनाको साझँपख परम्परागत नृत्यमा कात्तिक शुक्ल पुर्णिमाको दिन देखि नचाइन्छ ।
विशेष महाभारतको कथालाई नृत्य रुपान्तर गरि मन्चन गर्ने गरिन्छ । अझ विभिन्न आभुषणमा सुसज्जित श्री गणेश, महालक्ष्मी र भैरवको शालिन शैलीको चरियाले नाचलाई झन आकर्षित गर्ने गर्दछ ।
नेत्रको हेराई, औँला र गोडाको चाल कथानको विशिष्ट अभिनय हो । इन्द्रसरोवर गाउँपालिकाको सह आयोजनामा हुन लागेको कात्तिके नाच २८ गते एक दिन भने नहुने आयोजकले जनाएको छ ।
यो नाच देव सेनापती वा कार्तिक्यमा समर्पित गरिएको हुनाले यसको नाम कात्तिके नाच हुन गएको कथन रहेको पाइन्छ ।