पोलिङतिला च्याङबाको “ओ आमा” बोलको गीत सार्वजनिक (भिडियो)
कार्तिक २१, हेटौडा – पोलिङतिला च्याङबा सन्जिब तामाङको प्रस्तुतिमा बनेको मौलिक तामाङ गीत “ओ आमा” बोलको गीत सार्बजनिक भएको छ । खोज इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालिको निर्माणमा बनेको गीतलाई रेसम कुमार तामाङले निर्देशन गरेको हो ।
सो गीतमा पोङतिला च्याङबा सन्जिब तामाङको शब्द संगीतमा र आवाजमा रहेको गीतमा चर्चित गायिका शशिकला मोक्तानले साथ दिएको छ । पवन वाङ लामाको एरेन्जमा बनेको गीतको म्युजिक भिडियोलाई रोशन धितालको सम्पादन, बासु न्यौपानेको छायांकनमा रहेको छ ।
म्युजिक भिडियोमा संचारकर्मी सन्ध्या सुस्केरा मोक्तान, सन्जिब तामाङ (पोङदिला च्याङबा), जमुना महर्जन, ठुले तामाङ, हर्क योञ्जन लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस –