कर्णाली प्रदेशको डोल्पामा नयाँ भाडादर कायम
कार्तिक २०, डोल्पा – कर्णाली प्रदेशको डोल्पा जिल्लाभरीका सडकमा नयाँ भाडादर निर्धारण गरिएको हो । हाल जिल्लामा सञ्चालनमा रहेका सडकमा प्रति किलोमिटर २२ रुपैयाँका दरले नयाँ भाडदर कायम गरिएको छ ।
त्रिपूरा सुन्दरी नगरपालिकाको पहलमा पहिलो पटक नयाँ भाडादर कायम गरिएको नगरप्रमुख ओमबहादुर बुढाले जानकारी दिए । महंगो भाडादरका विषयमा सर्बधारणले पटक-पटक गरेको बिरोधपछि त्रिपुरासन्दरी नगरपालिकाले नयाँ भाडादर निर्धारण गरेको नगरप्रमुख बुढाले बताए ।
जिल्ला भरिका सडकमा प्रति किलोमिटर २२ रुपैयाँ कायम गरिएको छ । यहि अनुरुप स्थानीय सरकारले कार्यान्वयनमा ल्याउने छ । नयाँ भाडादर कायम नगरे कारवाही हुने निमित्त प्रमुख जिल्ला अकिरी लक्ष्मी शर्माले जानकारी दिइन् ।
१४ किमि दूरी भएको त्रिपुराकोट-खदाङ् खण्डमा प्रति किमि २२ रुपैयाँका दरले ३ सय १० र त्रिपुराकोटकै छलगाडदेखि खदाङ्सम्म १३ किमिमा २ सय ९० रुपैयाँ भाडादर कायम गरिएको नगरप्रमुख बुढाले जानकारी दिए ।
यसभन्दा पहिला यी सड्कखण्डमा यातायात व्यवसायीले मनपरी भाडादर उठाउँदै आएका थिए। चार सय रुपैयाँभन्दा बढी भाडा उठाउँदै आएका थिए भने कम्तीमा पनि २७ जना सम्म यात्रु जीपमा बोक्ने गरेका थिए ।
त्रिपुराकोट-दुनै खण्डमा पनि यातायात व्यवसायीले मनपरि रुपमा भाडादर उठाउँदै आएको गुनासो आउन थालेपछि बुधबार सदरमुकाम दुनैमा यातायात व्यवसायीसँग छलफल गरेर नयाँ भाडादर निर्धारण गरिएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।