नेपालमा हुने १३ औं सागमा अफगानिस्तान पनि सहभागी हुने
कार्तिक १९, काठमाडौं – अफगानिस्तानले पनि नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी जनाउने तयारी गरेको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले अफगानिस्तानलाई सागमा समावेश गराउन निर्देशन गरेपछि अफगानिस्तान सागमा भाग लिन इच्छुक देखिएको हो ।
अफगानिस्तानले पछिल्लो समय सागमा सहभागी नहुने भन्दै सेन्टर एसियामा सदस्यता सारेको थियो । सेन्टर एसियामा गएको अफगानिस्तानले साफ फुटबल पनि छाड्दै आएको छ ।
सन् २००४ मा पाकिस्तानमा भएको सागको नवौं संस्करण देखि सहभागिता जनाउन सुरु गरेको अफगानिस्तानले भारतको गुवाहाटी र सिलोङमा सन् २०१६ मा सम्पन्न १२ औं सागपछि साग सहभागिता त्याग्ने निर्णय गरेको थियो ।
मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुन लागेको सागको तयारी अन्तिम चरणमा पुग्दा अफगानिस्तानको सहभागिताको विषयले नयाँ चर्चा पाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले अफगानिस्तानलाई सहभागी गराउनुपर्ने पत्र आएको बताए । ‘ओसीएबाटै अफगानिस्तानलाई सागमा समावेश गराउने निर्देशन भएको छ ।