अब घर किन्नेले बैंक तथा वित्तीयबाट ७० प्रतिशत कर्जा पाउने
काठमाडौं – पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशत सम्म कर्जा पाउने भएका छन् ।
यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यका बाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए ।
नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन संशोधन गरेर नयाँ व्यवस्था ल्याएको हो । नयाँ निर्देशन अनुसार ऋणीले बैंकबाट रु १ करोड ५० लाख सम्म यस्तो कर्जा पाउने समाचार आर्थिक अभियानमा छापिएको छ ।