संसद दीपक मनाङ्गेको जीवन कथामा फिल्म निर्माण हुने
कार्तिक ५, पोखरा – गण्डकी प्रदेशको प्रदेशसभा सदस्य दीपक मनाङ्गे उर्फ राजिब गुरुङ्को जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ । सांसद मनाङ्गेको जीवनीमा आधारित फिल्मको निर्माण किरण नेपाली र अमलादेवी राईले गर्ने भएका हुन् ।
चलचित्र ‘मनाङ्गे’ नाम दिइएको उक्त फिल्मको निर्देशकमा जमन बिष्ट अनुवन्धित भएका छन् । निर्देशक जमन आफैले अहिले कथामा काम गरिरहेक छन् ।
फिल्म निर्माणका लागि निर्माणपक्ष र जमनबीच सोमबार सम्झौता समेत भइसकेको छ ।