गायक दुर्गेश थापाले युट्युबबाट गीत हटाएपछि हिरासतमुक्त
कात्तिक ५ काठमाण्डौ – विवादित गीत ‘ह्याप्पी तिहार, चिसो वियर’ युट्युबबाट हटाउने सहमति भएपछि गायक दुर्गेश थापा प्रहरी हिरासतमुक्त भएका छन् ।
तिहारको अवसर पारेर सार्वजनिक गीतमा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका उनी मंगलबार प्रहरीले नियन्त्रणमा लिएका थिए ।
दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेकोले प्रहरीले उनलाई पक्राउ गरेको थियो ।