बिबादित गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ का गायक दुर्गेश थापा पक्राउ

तामसालिङ खबर
५ कार्तिक २०७६, मंगलवार १२:५३

कार्तिक ५, काठमाडौं – पछिल्लो समय चर्चाको शिखरमा रहेको गायक, संगीतकार तथा मोडल दुर्गेश थापा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको विवादित गीतका विषयमा परेको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको बताए ।

थापाले भने, ‘‘सामाजिक मूल्य मान्यता विपरीत गीत गाएर समाजलाई गलत सन्देश दिने काम कानुन विरीत हो । त्यसैले उनलाई नियन्त्रणमा लिएका छौं ।’’

उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियरसँगै गाँजा सेवनलाई पनि प्रोत्साहन गर्ने शब्द समेटिएपछि उनको गीतको चर्को आलोचना हुँदै आएको छ ।

धर्ममाथिको प्रहार गरेको पुष्टि भएमा दुर्गेसमाथि दुई वर्षको जेल र २० हजार रुपैयाँ जरिवानाको सजायँ हुने कानुनी व्यवस्था छ । यस्तै गाँजाजन्य पदार्थ खानको लागि प्रोत्साहित गरेमा १५ दिनको जेल सजायँ हुनसक्ने देवानी संहितमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*