दुर्गेशको ‘ह्यापी तिहार’ गीत विवादमा
काठमाडौं – पछिल्लो समय चर्चाको शिखरमा रहेको गायक, संगीतकार तथा मोडल दुर्गेश थापा चर्चामा छन् । तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका दुर्गेसको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो ।
सामान्यतया तिहारगीत भन्ने बित्तिकै परम्परागत भेषभुषामा सजिएर कुनै गाउँको घरमा सुटिङ हुने देउसी–भैलो बुझिन्छ । तर, दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका छन् भने वियरको प्रचारप्रसार गरेका छन् । यसरी तिहारमा वियर खाउँ भन्ने सन्देश दिएको भन्दै उनी माथि कारवाही हुनसक्ने एक अधिवक्ताले बताएका छन् । अधिवक्त यज्ञमणि न्यौपानले एक अन्तर्वार्तामा उनीमाथि दुई वर्षको जेल वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुनसक्ने बताए ।
दुर्गेश थापको गीतले रक्सी, गाँजा, बियर सेवन गरेर तिहार मनाऔं भन्ने सन्देश दिएको अधिवक्ता न्यौपानेको तर्क छ । ‘दुर्गेस थापाको तिहार गीतले नेपाली सनातन धर्म र संस्कृतिमाथिको प्रहार गर्दै परम्परा र संस्कृतिमाथि धावा बोलेको छ,’ अधिवक्ता न्यौपाने भन्छन्, ‘यो एकदमै गलत हो, यस्ता गीतहरुलाई निरुत्साहित गर्नुपर्छ ।’ यस्तै उनले मदिराजन्य पदार्थको विज्ञापन सार्वजनिक हु्नु पनि गलत भएको उनको तर्क छ ।
अधिवक्ता न्यौपानेले यदि राज्यले गीत र सर्जक विरुद्ध कारवाही नगरे आफूले उनी विरुद्ध मुद्दा हाल्ने अवस्था आउन सक्ने बताए । ‘विचार अभिव्यक्तिको स्वतन्त्रता भन्दैमा सामाजिक शिष्टाचार र संस्कृतिमाथि प्रहार हुने शब्द प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘गाँजा र मादकपदार्थको प्रचारप्रसारको लागि कुनै कार्य गरेमा त्यो कानुनविपरित हुन्छ र यो कदमर दण्डनीय छ ।’ अधिवक्ता न्यौपानेले दुर्गेश थापा सच्चिने र गीतका शब्दहरु परिमार्जन गर्ने आशा राखेका छन् । यदि त्यसो नभएमा आफूले मुद्दा हाल्ने योजनामा न्यौपाने छन् ।
धर्ममाथिको प्रहार गरेको पुष्टि भएमा दुर्गेसमाथि दुई वर्षको जेल र २० हजार रुपैयाँ जरिवानाको सजायँ हुने कानुनी व्यवस्था छ । यस्तै गाँजाजन्य पदार्थ खानको लागि प्रोत्साहित गरेमा १५ दिनको जेल सजायँ हुनसक्ने देवानी संहितमा उल्लेख गरिएको छ ।nepaliheadlines.com