निलम्बन फुकुवापछि,क्यानको पहिलो बैठक आइतबार बस्दै

तामसालिङ खबर
१ कार्तिक २०७६, शुक्रबार १३:५९

कार्तिक १, काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट शसर्त निलम्बन फुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) को पहिलो बैठक आइतबार बस्ने भएको छ ।

मुलपानीस्थित क्यानको कार्यालयमा बस्ने बैठकले आईसीसीको निलम्बन फुकुवा सम्बन्धी विषयमा छलफल गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले बताउनुभयो ।

असोज १० र ११ गते काठमाडौंमा भएको क्यान निर्वाचनबाट चतुरबहादुर चन्दको टोली नेतृत्वमा आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको हो । बैठकमा अन्य कुराहरु भन्दा पनि आईसीसीको निर्णयबारे छलफल हुन्छ,’ सचिव प्याकुरेलले भने,‘यसमा खासै धेरै एजेन्डा केही पनि छैन् ।’ आईसीसीले गएको सोमबार क्यानको निलम्बन फुकुवा गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले राजिनामा दिएपछिको पहिलो बैठक भएपनि यसमा पारसको विषयमा गहन छलफल भने नहुने प्याकुरेलले बताउनुभयो ।

‘पारस जीको राजीनामा क्यानसम्म आधिकारीक रुपमा आइ नसकेकाले यो विषयमा छलफल हुँदैन्,’ सचिव प्याकुरेलले भने ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*