तेक्वान्दो खेलाडी मरियन फ्युबाले जितिन, स्वर्ण पदक
असोज ३०, काठमाडौं – तेक्वान्दो खेलाडी एवम् प्रशिक्षक मरियम फ्युबाले मलेशियामा स्वर्ण पदक जितेकी छिन् । बुधबार मलेशियामा भएको एमविडब्लु इन्टरनेशनल टेक्वान्दो च्याम्पियनसिप २०१९ मा उनले स्वर्ण पदक जितेकी हुन् ।
एड्भान्स एकेडेमीको तेक्वान्दो प्रशिक्षक समेत रहेकी नीलकण्ठ नगरपालिका धादिङबेसी निवासी फ्युबाले आयोजक मलेशियाको खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी हुन् ।
प्रतियोगिताको लागि विभिन्न तौल समुहका नेपालबाट १५ जना खेलाडीहरु सहभागी छन् । फ्युबाले केहि महिना अघि मात्रै थाइल्याण्डको बैंककमा भएको पाँचौं हिरोइज इन्टरनेशनल टेक्वान्दो च्याम्पियसिप प्रतियोगितामा पनि मरियम स्वर्ण पदक जितेकी थिइन् ।