सडक बालबालिकाको शिक्षामा सहयोगार्थ ‘किन म’ पोखरामा बिशेष प्रदर्शन हुने
असोज २७, पोखरा – चलचित्र ‘किन म’ सडक बालबालीकाको शिक्षामा सहयोगार्थ पोखरामा विशेष प्रदर्शन हुने भएको छ । सडक बालबालिकाको कथाबस्तुमा निमार्ण भएको चलचित्र भएकोले उनीहरुको कै शिक्षाको सहयोगार्थ प्रदर्शन गर्न लागीएको निमार्ण पक्षले जनाएको छ ।
टाईम्स् इण्टरटेन्मेन्ट र एम बि ए इण्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र किन म को पोखरामा यहि कात्तिक २ गते शनिबार सभागृह स्थित मिडटाउन ग्यालेरियामा प्रदर्शन हुने भएको छ ।
सडक बालबालिकाहरुको जिबनशैलीलाइ आधार बनाएर चलचित्रमा प्रस्तुत गरिएको निर्देशक संग्राम तामाङ्ले बताउनु भयो । जसको कारण नेपालमा बर्सेनी बढ्दै गैरहेको सडक बालबालिकाहरुको समस्यामा समाधानमा टेवा पुग्ने र यसको न्युनिकरणको लागि थप मद्दत पुग्नेमा विश्वास रहेको निर्देशक तामाङ्ले ब्यक्त गर्नु भयो ।
चलचित्रमा जयन्ती मोक्तान, महेश थापा. दिक्षन्त लिम्वु, मनिश मानन्धर र प्रशान्त लिम्वुको मुख्य भुमिका रहेको छ । बिमल राईको कथा र महेश थापा, विमल राई, आशीष लामाले संयुक्त लगानी निर्माण भएको चलचित्र क्यानडामा भएको टोरेन्टो फिल्म फेस्टिबलमा समेत सहभागी भएको थियो ।
सडक बालबालिकाहरुको पठनपाठन खानपिन र लत्ताकपडाको सहयोगार्थ पोखरा लगायत मुलुकका बिभिन्न शहरहरुमा च्यारिटी शो को तयारी गरिएको निर्माता महेश थापाले जानकारी दिनुभयो ।
महेश थापा, विमल राई र आशिष लामाले संयुक्त रुपमा यस चलचित्रको निर्माण गरिएको छ । मिस तामाङ पोखराको संयोजक तथा तामाङ साँस्कृतिक घेदुुुङ कास्कीको उपाध्यक्ष समेत रहेको जयन्ती मोक्तानको डेब्यु चलचित्र हो ।