एभरेष्ट बैंकले २५ प्रतिशत लाभांश दिने
असोज २७, हेटौडा – एभरेष्ट बैंक लिमिटेडले २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर सहित) र ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृत र वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीलाई वितरण गरिने बताएको छ ।