त्रिकोणात्मक टि-२० मा जिम्बावेसँग नेपाल पराजित

तामसालिङ खबर
१५ आश्विन २०७६, बुधबार १८:०९

असोज १५, काठमाण्डौ – त्रिकोणात्मक टि-२० सिरिजमा नेपाल जिम्वाबेसँग दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलबार सिंगापुरको इन्डियन एशोसियन मैदानमा भएको खेलमा जिम्वाबेले नेपाललाई ४० रनले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो ।

जिम्बाबेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर पूरै खेलेर ९ विकेट गुमाएर १२० रन मात्रै जोड्न सक्यो। नेपालका लागि विनोद भण्डारीको व्यक्तिगत ३३ रन नै सर्वाधिक रह्यो ।

आरिफ शेखले २५ रनको योगदान दिँदा कप्तान पारस खड्का १२ रनमै आउट भए। अन्य नेपाली ब्याट्यसम्यानको सम्झन लायक साझेदारी रहेन। यसअघि जेम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन जोडेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*