चिनियाँ कम्पनीसँग ८५ करोडमा मेलम्ची खानेपानीको ठेक्का सम्झौता

तामसालिङ खबर
१२ आश्विन २०७६, आईतवार १९:०४

असोज १२, काठमाडौं – बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुरुङ निर्माणको बाँकी काम सक्न सरकारले चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आइतवार माथिल्लो तामाकोसी जलविद्युत् आयोजना बनाइरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोसँग ८५ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको हो।

खानेपानी मन्त्री बीना मगरको प्रेस सल्लाहकार सुकदेव चापागाईंका अनुसार सम्झौता बमोजिम् चिनियाँ कम्पनीले १२ महिनाभित्र सुरुङ निर्माणको बाँकी काम सक्नुपर्नेछ ।

सम्झौताका क्रममा सिनो हाइड्रोका प्रतिनिधिले आगामी असार भित्र काठमाडौंमा पानी खसाल्ने गरी द्रूत गतिमा काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘सम्झौतामा १२ महिनामा काम पूरा गर्ने अवधि तोकिएको छ’, चापागाईंले भने, ‘तर ठेकेदार कम्पनीले आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने बचनवद्धता गरेको छ।’ मेलम्ची आयोजना अन्तर्गत नै हेडोक्सतर्फको कामका लागि केही दिनमै सम्झौता हुने भएको छ । #थाहा_खबर 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*