डाँफे युवा क्लबले जिते, जिल्ला लिग फुटबलको उपाधी
असोज ११, हेटौडा – हेटौँडामा शनिबार सम्पन्न दानवहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा डाँफे युवा क्लबले जितेको छ । डाँफे युवा क्लबले हटिया स्पोर्टस एकेडेमीलाई टाइबे्रकरमा ४–१ गोल अन्तरले पराजित गरेको हो ।
डाँफेको लागि अरुण बल, फत्तेमान घले ,बिक्रम भोलन र बिशेष रुम्वाले गोल गरेका थिए भने हटियाका लागि एकमात्र गोल राजेश पाण्डेले फर्काएका थिए । प्रतियोगिताको बेष्ट डिफेन्डर हटियाका राजेश पाण्डे भएका छन ।
बेष्ट फर्वाड डाँफेका बिशाल भोलन भएका छन त्यस्तै बेस्ट मिड फिल्डर डाँफेकै फत्तेमान घले भएका छन भने उत्कृष्ट गोलकर्ता डाँफे कै अनिल लो भएका छन भने बेष्ट प्लेयर अफ डाँफेकै आयुर घलान भएका छन ।
यस्तै, बर्ष खेलकुद पत्रकारको पुरस्कार खेल पत्रकारीतामा सक्रिय बिक्रम बानियाँलाई प्रदान गरिएको छ । उनलाई सम्मान सहित रु १७ हजार ५ सय प्रदान गरिएको छ ।