‘छ माया छपक्कै’को प्रमोसन गीत ‘बिच्च-बिच्चमा’ (भिडियो)

तामसालिङ खबर
११ आश्विन २०७६, शनिबार १३:५२

असोज ११, हेटौडा – प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’को टिमले प्रमोशन गीत रिलिज गरिएको छ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रमोसनका लागी चलचित्र टिम नै व्यस्त रहेको छ ।

गायक दुर्गेश थापाको यो वर्षको हिट तिज गीत ‘बिच्च बिच्चमा’ लाई लिएर टिमले प्रोमोशनल गीत सार्वजनिक गरी प्रचारमा प्रयोग गरिएको हो । भिडियोमा गायक दुर्गेश थापा सहित “छ माया छपक्कै”को मुख्य कलाकारहरू दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे र सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ ।

फिल्मकी सह-निर्देशक दिपाश्री निरौला ड्रमरको भूमिकामा प्रस्तुत भएकी छिन् । रमाइलो टुक्का मिलाएर गाइएको बिच्च बिच्चमाको भिडियो पनि रमाइलो बनेको छ । आमा सरस्वति मुभिज रोहित अधिकारि फिल्मस र आईएमईको प्रस्तुतिमा बनेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*