नेपालको परिवेशमा ‘अल्टो ८००’ टयाक्सीको लागि ठिक छ – व्यवसायी तामाङ
असोज ७, काठमाण्डौ – नेपाली बजारको लागि अल्टो ८०० सीसी टयाक्सी नै उपयुक्त भएको टयाक्सी व्यवसायी तथा स्वस्तिक स्वराेजगार ऋणी ट्याक्सी व्यवसायी संघको केन्द्रिय सदस्य सन्तोष तामाङले बताएका छन् । माइलेज, मेन्टीनेन्स र नेपाली सडकको अवस्थाको कारण अल्टो सबै भन्दा उपर्युक्त रहेका उनको भनाई रहेको छ ।
१७ किमी सम्म माइलेज हुने, मेन्टीनेन्सका लागि सहज र सरल मूल्यमा पार्टपुर्जा उपलब्ध हुने भएकोले व्यवसायीको रोजाईमा अल्टो परेको उनको भनाई छ । ग्राउन्ड क्लियरेन्स पनि राम्रो भएइकोले नेपाली सडकको अवस्था र कच्ची सडकका लागि पनि यपयुक्त हुने हुँदा नेपाली बजारमा अल्टोको एकछत्र राज चलेको उनको दावी रहेको छ ।
सुरक्षालाई मध्य नजर गर्दै पछिल्लो चरणमा अतिरिक्त सेफ्टी फिचर पनि अपडेट गरिएकोले थप सुरक्षित बनेको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केएनसीको दावी रहेका छ । सरकारले २०७२ सालमा सामान्य ८०० सीसी, डिलक्स १२०० सीसी र सुपर डिलक्स १३०० सीसी गरी ट्याक्सीको वर्गीकरण गरिएको थियो ।