भाविषा कोइरालाले जित्यो, पाँचौ मिसेस नेपाल इन्टरनेशनलको उपाधि

तामसालिङ खबर
७ आश्विन २०७६, मंगलवार ०७:४०

असोज ७, काठमाण्डौ – विवाहित महिलाको लागि सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल २०१९ को’ उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौतले चुमेकी छिन । सोही प्रतियोगितामा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेशनल उपाधिद्वारा सम्मानित गरिएको छ ।

राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य समारोहका साथ भएको प्रतियोगितामा पूर्व प्रधानसेनापती रुक्मागंत कटुवाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरालाई क्राउन र स्यास पहिराई दिएका थिए । समारोहमा प्रतियोगिता पाँचौ वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सिताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दर लाल कक्षपतिलाई रिवन अनर अवार्डबाट सम्मानित गरिएको थियो ।

विभिन्न पेशामा आवद्ध ३० बिबाहित महिलाकाबीच सम्पन्न प्रतियोगितामा विजयी भए वापत भाविषालाई स्कुटर पुरस्कार प्रदान गरिएको छ । भाविषा फेशन आइकन पनि भएकी छिन् । प्रतियोगितामा महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाईकंग्बम एमएस नेपाल इन्टरनेसनल २०१९ भएकी छिन् । उनले लेडी विथ कम्प्यासनको उपाधिलाई पनि आफ्नो बनाइन् ।

भाविषा र रंगीनाले उपाधि जितेवापत सिंगापुरमा हुने मिसेस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । रमाईलो एचडीको सहयकार्य र निशुकान्त झाको निर्देशनमा भएको समरोहमा लक्ष्मी थापा श्रेष्ठले नृत्य र मनोहर सुनामले सेक्साफोन वादनबाट मनोरञ्जन प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*