उपत्यका भित्र थप सुरक्षाको लागि १६ सय सिसी क्यामेरा जडान

तामसालिङ खबर
६ आश्विन २०७६, सोमबार १७:३६

असोज ६, काठमाण्डौ – नेपाल प्रहरीले ऊपत्यका भित्र हुने आपराधिक गतिविधिको निगरानी गर्न सिसी क्यामेरा जडानको कामलाई तीव्रता दिएको छ । एक वर्षको अवधिमा प्रहरीको सक्रियतामा ११ सय भन्दा बढी क्यामेरा उपत्यकामा थप जडान गरिएको छ ।

प्रहरीले जनशक्तिसँगै उपत्यकाभित्र हुने गतिविधिको निगरानी गर्न सिसी क्यामेराको संख्या थप गरेको हो । समुदाय–साझेदारी कार्यक्रम अघि बढाएसँगै उपत्यकामा स्थानीय सरकारले सिसी क्यामेरा जडानलाई तीव्रता दिएको हो ।

प्रहरीको आग्रहमा महानगरपालिका र नगरपालिकाहरूले सिसी क्यामेरा जडान गर्नका लागि आर्थिक सहयोग गर्ने क्रमलाई प्राथमिता दिएका छन् । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको मुख्य-मुख्य चोकहरूमा सिसी क्यामेरा जडान गरिएको छ ।

जडान भएको सिसी क्यामेराको निगरानी महानगरीय प्रहरी कार्यालय रानीपोखरीले र विभिन्न प्रहरी कार्यालयले निगरानी गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*