भिमफेदी गाइजको पुर्बेली भाकामा तयार भएको म्युजिक भिडियो रिलिज

तामसालिङ खबर
६ आश्विन २०७६, सोमबार १७:११

असोज ६, हेटौडा – पुर्बेली भाकामा तयार भएको भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । उमेश रेग्मीको शब्द संगीतमा रहेको म्युजिक भिडियो ‘जति हेर्यो’ बोलको गीतमा राज पौडेलको स्वर रहेको छ ।

पुर्वेली भाकाको शैलीमा रहेको गीतमा भिमफेदी गाइजको साथमा मोडेल एलिशा राईको अभिनय रहेको छ । सांस्कृतिक कार्यक्रमको थिममा तयार गरेको गीतको भिडियोलाई एलिशा राईले कोरियोग्राफी गरेकी हुन् ।

निर्मल कुमार लामाको निर्देशनमा बनेको म्युजिक भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् भने पवन सुस्लिङले सम्पादन गरेको हुन् ।

भिडियो हेर्नुहोस :-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*