मनहरी ९ मा भुमिअधिकार मञ्च गठन

तामसालिङ खबर
६ आश्विन २०७६, सोमबार १४:२६

असोज ६, मनहरी – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ मा राष्ट्रिय भुमि अधिकार मञ्च मनहरी टोल कमिटी गठन गरेको छ । स्थानीय दिलिप घिसिङको अध्यक्षतामा ७ सदस्यीय टोल कमिटी गठन गरेको हो ।

जसको उपाध्यक्षमा चन्द्र लाल सुनार, सचिवमा पुर्णमाया सारुमगर, सह-सचिव सुमित्र थिङ तामाङ, कोषाध्यक्षमा इन्द्र माया बस्नेतलाई चयन गरेको छ ।

त्यस्तै, सदस्यहरुमा सागर विक, सुन्तली लोप्चन लगायतलाई चयन गरेको हो । टोल कमिटी गठन कार्यक्रममा मञ्चका जिल्ला अध्यक्ष धन बहादुर रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*