मितेरी वाईबाको “मनले खाने च्याङबा’ (भिडियो) रिलिज

तामसालिङ खबर
५ आश्विन २०७६, आईतवार ०९:३०

असोज ५, हेटौडा – पछिल्लो समयमा तामाङ सांगीतिक क्षेत्रमा पाइला चालेकी नव-गायिका मितेरी वाइबाको ‘मनले खाने च्याङबा’ बोलको गीत सर्बाजनिक गरेको छ ।

काठमाडौंमा डम्फू मिडियाको आयोजनामा भएको भिडियो सार्वजनिक तथा सम्मान कार्यक्रममा सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । कार्यक्रममा नेपाल तामाङ कलाकार संघको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट निर्वाचित २१ जना कलाकारहरुलाई खादा लगाएर सम्मान पत्रबाट सम्मान समेत गरेको थियो ।

नव गायिका मितेरी वाइबाको आवाजमा रहेको गीतलाई गायक तथा संगीतकार सन्जिब वाइबाको शब्द संगीत, फनिन्द्र राईको संगीत संयोजन, दिपेश प्रधानको मिक्सिङ रहेको छ । गीतको म्युजिक भिडियोमा अमिर दोङ, सुस्मा मोक्तान, कुइसाङ रुम्बा, पदम दोङ, अन्जुली लोप्चन, अनिता नेगि लगायतका कलाकारहरुको अभिनय रहेका छन् ।
भिडियो हेर्नुहोस –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*