थाहा नगर खेलकुद विकास समितिले जित्यो, जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि

तामसालिङ खबर
५ आश्विन २०७६, आईतवार ०९:०८

असोज ५, हेटौडा – हटिया स्पोर्ट्स एकेडेमीको आयोजना भएको पाँचौ केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका खेलकुद विकास समितिले जितेको छ ।

हेटौंडा उपमहानगरपालिका १७ हटिया स्थित नेपाल चौरमा शनिबार सम्पन्न भएको फाइनल खेलमा थाहानगर भलिबल टिम बज्रबाराहीलाई २५–२३, २५–२१ र २६–२४ को सोझो सेटमा हराउँदै थाहानगर खेलकुद विकास समितिले उपाधि जितेको हो ।

जितसंगै थाहानगर खेलकुद विकास समितिले नगद ८० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको बज्रबाराहीले ४० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका थाहा नगरपालिका खेलकुद विकास समितिका सविन कार्कीले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।

त्यस्तै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका विद्यागत खेलाडीहरु उत्कृट ब्लकर थाहाका किरण गिरी, उत्कृष्ट सेटर थाहाका सुशील लो र उत्कृष्ट प्रशिक्षक थाहाकै शंकर कार्कीले पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट स्पाइकर भने थाहानगर भलिबल टिम बज्रबाराहीका बलराम सुवेदी घोषित भए । उनीहरुले पुरस्कार स्वरुप जनही दुई हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रदेश नम्बर ३ नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र आयोजक हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छबि सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैगरी नगद ७ हजार राशीको पदमकुमारी राउत स्मृति खेलकुद पत्रकारिता पुरस्कार कान्तिपुरका मकवानपुर सम्बाददाता प्रताप बिष्टलाई प्रदान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*