आमाले गाएको गीत छोरीले भ्वाइसमा गाउदा…( भिडियो)

तामसालिङ खबर
३१ भाद्र २०७६, मंगलवार २२:०२

भदौ ३१, हेटौडा – नेपाली सांगीतिक ईतिहासमा सांगीतिक रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ प्रवेश भएपछि संगीतको उचाई बढेको छ । आफ्नो प्रतिभा प्रष्फुटनको लागि ठुलो स्टेज बनेको भ्वाइसको दोश्रो सिजनको १० औ एपिसोडको अन्तिम प्रस्तुतिले माहौल बिशेष बन्न पुगेको छ ।

सुरिलो आवाजको धनी नया प्रतिभा हो ‘बिमोचना लम्जेल’ । गायिका डेजी बराइलीले ४४ बर्ष अघि ‘भैसी लड्यो है…’ बोलको गीत गएकी थिइन् । बिमोचनाले आफ्नो प्रस्तुति सकेपछि कोच प्रमोदले ‘यस्तो मिठो गाउनु भयो, यस्तो कालजयी गीत, हामीले सुन्दा-सुन्दा अजर अम्मर भएको एउटा गित, कसले गाउनु भएको थाहा छ ?’ भन्दै प्रश्न गर्दा बिमोचनाको ले दिएको ‘यो मेरो आफ्नो आमाले गाउनु भएको गित हो’ भन्दा माहौलले फरक रुप लिएको थियो । शोको कोचहरू पनि निक्कै चाडो चाडो फर्किएको देख्न सकिन्छ ।

जमानाको चर्चित गीत ‘भैसी लड्यो है…’ गाउने गायिका डेजी बराईली बिमोचनाको आमा भन्ने कुरा थाहा भएपछी डेजी पनि आफ्नो श्रीमान सहित स्टेज चढेकी थिइन् । बिमोचनाको बुवा पनि संगीतकार नै हुन् ।

पारिवारिक सांगीतिक माहौलमा हुर्किएकी बिमोचनाले भ्वाईस अफ नेपालको मंचमा आफ्नै आमाको गीता गाएर यस्तो सफलता पाउदा निक्कै खुसि भएको सुनाईन । स्टेजमा डेजीले पनि सोहि ‘भैसी लड्यो हे..’ गीत गाएर सुनाएकी थिइन् ।

चारै जना कोचले विमोचनाको स्वर मनपराएपछि विमोचनालाई कोच छान्न केहि गाह्रो परेको थियो । तर अन्तयमा कोच प्रमोदलाई छान्दा कोचहरु नै अचम्मितमा परेका थिए, किनकि बिमोचना कोच दिपकोमा जान्छिन भन्ने सबै बिस्वस्त थिए ।

द भ्वाईस अफ नेपालमा यसपटक कोचको रुपमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत छन् । हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजे यो शो प्रशारण भैरहेको छ ।  हेर्नुस उक्त एपिसोड –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*