तामाङ कलाकार संघको अध्यक्षमा पुन: सञ्जिव वाईबा चयन

तामसालिङ खबर
३१ भाद्र २०७६, मंगलवार १४:११

भदौ, काठमाडौँ – नेपाल तामाङ कलाकार संघको १२ साधारण सभा तथा छैटौ अधिबेशनबाट अध्यक्षमा गायक तथा संगीतकार सञ्जिव वाईबा पुनः चयन भएको छ ।

वाइबाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सघको वरिष्ठ उपाध्यक्षमा विश्व दोङ, शशिकला मोक्तान, महासचिवमा विशाल काल्तान, सह–सचिवमा रोशन फ्युवा र कोषाध्यक्षमा सुवास मोक्तान निर्वाचित भएका छन् ।

यस्तै गरी, संघको सदस्यहरुमा चाँदनी मोक्तान, फुलकुमार बम्जन, निर्मला घिसिङ, बुद्ध लामा, कुमार स्याङ्बा, कुमार तामाङ, जितु लोप्चन, मिङ्स लामा, प्रयास दोङ, बैरागी मोक्तान, योगेश लामा लगायत चयन भएका छन् ।

विभागीय सदस्यहरूमा खेम मोक्तान, आशमान लोप्चन, जोगलाल लामा र विजय थोकर चयन भएका छन् । वाइबाको यो दोस्रो कार्यकाल हो । नयाँ कार्यसमितिले आगामी मंसिरसम्ममा सेलो महोत्सव र तामाङ खाना महोत्सव गर्ने घोषणासमेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*