असोज ९ गते ‘तेस्रो मिस्टर मकवानपुर’ प्रतियोगिता हुने

तामसालिङ खबर
३१ भाद्र २०७६, मंगलवार १२:३८

भदौ ३१, हेटौडा – मकवानपुरमा ‘तेस्रो मिस्टर मकवानपुर’ असोज ९ गते हुने भएको छ । मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

मिस्टर मकवानपुरको उपाधि जित्नेले मोटरसाइकल सहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै विधागत रुपमा प्रथम हुनेलाई नगद १० हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्रदान गरिने बताएको छ ।

प्रतियोगीतामा ५ देखि ७ तौल समूहमा प्रतिस्पर्धा समेत हुनेछ । कार्यक्रममा महिलाको मैत्रीपूर्ण प्रतिष्पर्धा समेत हुने आयोजक मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश भेटवालले जानकारी दिए ।

प्रतियोगिताको लागि करिब १० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा करिब ३५ जनाले प्रतिस्पर्धा गर्नेछन् । मकवानपुरमा १३ वटा फिटनेश क्लव रहेका छन् ।

करिब एकहजार ६ सय जनाले क्लवमा पुगेर नियमित शारीरिक व्यायाम गरिरहेको अनुमान गरिएको छ । प्रतियोगीतालाई हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*