स्वास्थ्य मन्त्रालयको गाडीमा अनधिकृत रजाइँ

तामसालिङ खबर
३० भाद्र २०७६, सोमबार ०९:२९

भदौ ३०, काठमाण्डौ – मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालय अन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारी साधन उपलब्ध गराइएको छ ।

स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मले रजाइँ गरिरहेका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सचिवालयका लागि नौवटा सवारीसाधनको व्यवस्थापन गरिएको देखिन्छ । ती सवारी साधन मन्त्रालय र स्वास्थ्य सेवा विभागको स्वामित्वमा छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*