छाडा पशुले बाटो छेक्दा मन्त्री भट्टराई १० मिनेट ढिला हुनुभएको हो – सीडीओ कुरुम्बाङ

तामसालिङ खबर
३० भाद्र २०७६, सोमबार ०९:२१

भदौ ३०, बर्दिया – जहाज रोकाएर यात्रु कुराएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आलोचना भैरहेको छ ।

केहीले भने गालीगलौज हुँदा पनि चुप लागेर बसेको भन्दै मन्त्री भट्टराईको प्रशंसा गरेका छन् । मन्त्री भट्टराईले पनि आफ्नो कारण १५ मिनेट ढिलो भएको भन्दै सामाजिक सन्जालमार्फत माफी मागिसक्नुभएको छ ।

यसैबीच बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मन्त्री एअरपोर्ट ढिलो पुग्नुमा सडकका छाडा पशु चौपायाको अवरोध पनि कारण रहेको बताउनुभएको छ ।

उहाँले हुलाकी सडक छलेर बाइपासको बाटो जाँदा १० मिनेट र नेपालगन्जमा छाडा पशुले बाटो छेक्दा १० मिनेट ढिला भएको पनि दावी गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*