लोकसेवाबाट ११ हजार कर्मचारीका लागि विज्ञापन खुल्दै

तामसालिङ खबर
३० भाद्र २०७६, सोमबार ०९:०७

भदौ ३०, काठमाडौं – संघ र स्थानीय तहमा गरी ११ हजार कर्मचारी पदपूर्ति गरिने भएको छ । विभिन्न कारणले स्थानीय तहमा ६ हजार र संघमा ५ हजार कर्मचारीका पदहरू रिक्त छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश लोकसेवा आयोग गठन हुनु अघि स्थानीय तहले पदपूर्तिका लागि माग गरेका पदहरू लोकसेवा आयोगले पदपूर्ति गर्नेछ ।

त्यसैगरी संघअन्तर्गतका निकायहरूमा रिक्त विभिन्न पद तथा सेवा समूहको समेत आयोगले विज्ञापन गर्नेछ । समाचार नागरिक दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*