बिपिन, सेल्फी किङ बन्दै
भदौ २७, काठमाडौं – नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ को शुभमुर्हुत संगै शुटिङ सुरु गरिएको छ । फिल्मको शिर्ष भूमिकामा अभिनेता विपिन कार्की देखिने छन् ।
विपिनका साथमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीको बिशेष भुमिका रहने बताइएको छ ।
‘सेल्फी किङ’को नामले परिचित एक चर्चित हाँस्य कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने प्रयास गरिएको छ । काठमाडौं देखि सोलुखुम्बु सम्मका बिभिन्न स्थानमा फिल्मको शुटिङ हुने निर्माण टिमले जनाएको छ ।