नागढुङगा-नौविसे सुरूङमार्गको निर्माण सम्झौता

तामसालिङ खबर
२७ भाद्र २०७६, शुक्रबार ०९:१६

भदौ २७, हेटौडा – बहुचर्तित नागढुङगा–नौविसे सुरूङमार्ग दुई महिनापछि मात्रै निर्माण सुरु हुने भएको छ । गत असारमै शिलान्यास गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको भएपनि पाँच महिना ढिला गरी निर्माण थाल्न लागिएको हो ।

नोभेम्वरबाट काम सुरु गर्ने योजनाका साथ काम भैरहेको नागढुङगा–नौविसे सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए । आगामी साता ठेक्का सम्झौता गर्न लागिएको भएपनि दँशै तिहारपछि मात्रै निर्माण कार्य सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*