आत्महत्या दर बढ्दै, दैनिक १५–१६ जनाको आत्महत्या

तामसालिङ खबर
२५ भाद्र २०७६, बुधबार १३:२९

भदौ २५, हेटौडा – आर्थिक बर्ष २०७३/७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर ह्वातै बढेको छ । प्रहरी प्रधान कार्यालयको अनुसार २०७३ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए । आर्थिक बर्ष २०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे । त्यो संख्या आव २०७५/७६ मा त्यो संख्या ५ हजार ७५८ पुगेको छ ।

प्रहरीका अनुसार दैनिक १५ देखि १६ जनाले आत्महत्या गर्ने गरेको बताएको छ । आपराधिक क्रियाकलापका कारण हुने कुल मृत्युमध्ये ४६ प्रतिशत घटना आत्महत्याबाट हुने गरेको प्रहरीको भनाइ छ ।

यसमध्ये १८ वर्ष मुनिका ८ प्रतिशत, १९ देखि ४० वर्षका ५६ प्रतिशत, ४१ देखि ६० वर्षका २९ प्रतिशत र ६० वर्षमाथिका ७ प्रतिशत रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*