भीमफेदीमा प्राबधिक कक्षा सञ्चालनको लागी नयाँ भवन शिलान्यास

तामसालिङ खबर
२५ भाद्र २०७६, बुधबार ०७:५२

भदौ २५, हेटौडा (भीमफेदी) – सरकारको शिक्षा योजनालाइ समन्वय गर्दे ‘एक गाउंपालीका एक प्राबधिक शिक्षालय’ निति अनुसार बिगत केहि बर्ष देखी सञ्चालनमा आएको महेन्द्र माध्यामिक बिद्यालय भीमफेदीले अठार महिने इन्जिनियरीयङ सिटिभिटि प्राबधिक कक्षलाइ डिप्लोमा ओभरसियर कक्षमा बिस्तार गर्न डिएलपि.आइ मकवानपुरको सहयोगमा चार कोठे एकतले भवन निर्माण कार्य भएको छ ।

मंगलबार भीमफेदीमा एक समारोहको बिच गाउपालिकाको अध्यक्ष हिदम लामाले शिलान्यास गर्नु भएको छ । शिलान्यास गर्दै भवन निर्माणमा सहयोग पुर्याउने सहयोगीलाई धन्यबाद ब्यक्त गर्दै अठार महिने इन्जिनियरीयङ सिटिभिटि प्राबधिक कक्षमा अध्यन गर्ने बिद्यार्थीलाई बिद्यालयले प्रदान गरेको पोशाक बितरण गर्नु भएको छ ।

शिलान्यास कार्यक्रममा भीमफेदी गाउपालीका ५ नम्बर वडाका वडाअध्यक्ष जहार सिं लामा, डि.एल.पि.आइ मकवानपुरका इञ्जनियर भरत कुमार, बिद्यालय प्रधानध्यापक कुमार लामा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष रेशम लामाको सभापतित्वमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*