कैलालीमा नेकपा नेताको गाडीमा आगजानी

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार १३:१६

भदौ २४, कैलाली – कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थानीय नेताको गाडिमा अज्ञात समूहले आगजनी गरेको छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर १ सुन्दरपुरमा गौरीप्रसाद जोशीले घरमा पार्किङ गरी राखेको ठाउमा आगजानी भएको हो । बा. ९ च ६५९७ नम्बरको स्कारपियोमा आगजनी भएका हुन् ।

आगजनीवाट अगाडीको भाग जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगजनी भएको स्थानमा कुनै पनि संगठनको पर्चा, पम्पलेट केही पनि नभेटिएको र अहिले सम्म घटनाको कसैले जिम्मेवारी नलिएका कारण व्यक्तिगत रिसिबीका कारण स्कारपियोमा आगजनी गरिएको हुन सक्ने प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । जोशी नेकपाका जिल्ला तहका नेता हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*