स्व. अधिकारीकाे क्षेत्रमा वामदेव गाैतम, धनराज गुरुङ र रवीन्द्र मिश्र उठ्ने
भदौ २४, काठमाडौं – स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्रमा निर्बाचन हुने भएको छ । महत्वका साथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर- २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् ।
मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका हुन् । कास्की- २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ ।
नेकपाबाट गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार बने साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने तयारी गरेको छ । कांग्रेस नेता गुरुङले सामाजिक सञ्जालमै अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । याे खबर कान्तिपुर दैनिकमा छ।