बिमा कम्पनीहरु सहकारीतर्फ आकर्षित

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार ०९:२२

भदौ २४, काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकलाई बिमा पोलेसी बिक्री गर्न रोक लगाएपछि बिमा कम्पनीहरु सहकारी संस्थातर्फ आकर्षित हुन थालेका छन् । बिमा कम्पनीले व्यवसाय विस्तारका लागि सहकारीका संघहरुका साथै प्रारम्भिक संस्थाहरुसँग सम्झौता गर्न थालेका छन् ।

बिमा कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुका साथै सहकारीहरुलाई संस्थागत एजेन्ट बनाएर विभिन्न पोलेसीहरु बिक्री गर्दै आएका थिए ।

बैंकहरुले ऋणीलाई अनिवार्य बिमा गर्न बाध्य पारेको गुनासो बढेपछि राष्ट्र बैंकले बैंकहरुलाई कडाई गरिसकेको छ । बैंकमा कडाइ गरेपछि बिमा कम्पनीहरुको ध्यान सहकारीतर्फ केन्द्रित भएको हो । यो समाचार कारोबार दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*