एसिया कपको अन्तिम खेल खेल्दै नेपाल

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार ०९:१३

काठमाडौं – श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको नेपालले आज (मंगलबार) समूह चरणको अन्तिम खेल खेल्दैछ । सुरुवाती दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको नेपालले युएईसँग खेल्न लागेकाे हाे । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ ।

युएईविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य सान्त्वना जित निकाल्नु हुनेछ । नेपाल एक जितसहित घर फर्कन चाहन्छ । त्यसका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ । तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहन्छ ।

समूह ‘बी’ मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ । नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

यस समूहबाट आयोजक श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेको छ । समूह विजेताको तय भने मंगलबार नै हुने दुईबीचको खेलबाट हुनेछ । जित निकाल्ने टिम समूह विजेता बन्नेछ । पछिल्लो पाँच खेलको नतिजा हेर्दा नेपालले युएईलाई हराउने अनुमान गरिएको छ । पछिल्लो पाँच भेटमा नेपालले ४ खेल जितेको छ । #खेलपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*