रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत हेटौडा इजलासमा निवेदन

तामसालिङ खबर
२४ भाद्र २०७६, मंगलवार ०६:४५

भदौ २४, हेटौंडाः उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने निवेदन दर्ता भएको छ ।

सोमबार उच्च अदालत पाटन, हेटौँडा इजलाशमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाले निवेदन दिएको उच्च अदालत हेटौंडा इजलाशका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिएका छन् । निवेदन उपर (आज) मंगलबार सुनुवाई हुने भएको छ ।

धरौटीमा छुटेका लामिछाने र कँडेलले आफूले आत्महत्या दुरुत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध निवदेन दर्ता गराएका थिए । #थाहा_खवरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*