हेटौँडामा ‘गढीको दरबार’ अडियो गीत सार्बजनिक
भदौ २२, हेटौडा – ओपेरा इन्फोटेन्टमेन्टको प्रस्तुत मकवानपुरको पर्यटकीय क्षेत्र झल्कने गित ‘गढीको दरबार’ को अडियो बिमोचन शनिबार भएको छ । न्युज क्लब नेपालमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अडियो सार्वजनिक गरेका हुन् ।
प्रकाश लम्सालको लेखन, घनश्याम ढकालको संगितमा रहेको गीतलाई संगिता आले, सुष्मा राना, इश्वर बोगटी र पुष्कर नेपालले स्वर दिएका छन् । अडियो गीत सार्बजनिक पछि बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले मकवानपुरको पर्यटनको प्रचारमा थप टेवा दिने बताए । गीतको भाका, भाषा असाध्यै राम्रो र मौलिक रहेको भन्दै उनले गीत संगित मार्फत पर्यटन प्रर्वद्धनलाई थप टेवा पुग्ने बताए ।
कार्यक्रममा बोल्दै गीतका लेखक लम्सालले गीतले सकेसम्म मकवानपुरको सबै क्षेत्रको प्रर्वद्धन गर्न प्रयास गरेको बताए । कार्यक्रममा बोल्दै ओपेरा इन्फोटेन्टमेन्टका प्रमुख विक्रम लामाले यो गित मार्फत मकवानपुरको पर्यटनको विकासमा थप सहयोग होस भन्ने आफुहरुले चाहेको बताए । गीतको म्युजिक भीडियो निर्माण चाँडै हुने उनले बताए ।
अडियो भिडियो हेर्नुहोस –